AGMNotice

डिबेट नेटवर्क नेपालको एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना / NOTICE – 11TH DNN AGM

डिबेट नेटवर्क नेपालको एघारौं वार्षिक साधारण सभा सम्बन्धी सूचना / NOTICE – 11TH DNN AGM

प्रकाशित मिति: २०८२, भदौ १४

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०८२ श्रावण ३० गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको एघारौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्तावहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: शनिबार २०८२ आश्विन ४ (२०२५ सेप्टेम्बर २०)

समय: दिउसो ३ देखि ५ बजेसम्म (GMT +5:45)

स्थान: किंग्स कलेज, बिजुलीबजार, काठमाडौं (अनलाईन विकल्प सहित)

छलफलका विषयहरु:

अ) सामान्य प्रस्ताव:

१) आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

३) आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने (वर्तमान लेखापरिक्षक Madan K.C. & Associates पुनः नियुक्तिका लागि योग्य रहेको) ।

४) निर्वाचन सम्बन्धमा

आ) विषेश प्रस्ताव:

५) आगामी कार्यकाल (एघारौं वार्षिक साधारण सभाबाट गठन हुने कार्यकाल) बाट लागु हुने गरि संस्थाको संचालक समितिको कार्यकाल १ वर्षको सट्टा २ वर्षको हुने निर्णय अनुमोदन गर्ने ।

६) आगामी कार्यकाल (एघारौं वार्षिक साधारण सभाबाट गठन हुने कार्यकाल) बाट लागु हुने गरि संचालक समितिको सदस्यको योग्यतका लागि न्यूनतम उमेर २१ वर्ष कायम गर्ने ।

७) संचालक समितिले गरेका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुर्‍याउने तथा संस्थाको व्यवस्थापनलाई थप चुस्त र सहकार्यपूर्ण बनाउने उद्देश्यले एक वरिष्ठ व्यवस्थापन टोली (Senior Management Team)को व्यवस्था गर्ने

८) आगामी कार्यकाल (एघारौं वार्षिक साधारण सभाबाट गठन हुने कार्यकाल) बाट लागू हुने गरी, वार्षिक साधारण सभाबाट निर्वाचित वा मनोनयनद्वारा चयन हुने साधारण सदस्यहरूमध्ये समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न निम्न व्यवस्था अनुमोदन गर्ने (यस व्यवस्थाअन्तर्गत एउटै सदस्यले एकभन्दा बढी समूहको प्रतिनिधित्व गर्न सक्ने) :

  • कम्तीमा ४०% सदस्य महिला वा लैङ्गिक अल्पसंख्यक (WGM – Women and Gender Minorities) हुने ।
  • कम्तीमा १ जना सदस्य अपाङ्गता भएका व्यक्तिमध्येबाट रहने ।
  • कम्तीमा २ जना सदस्य दलित समुदायबाट रहने ।
  • कम्तीमा ३ जना सदस्य आदिवासी जनजाति समुदायबाट रहने ।
  • प्रत्येक प्रदेशबाट कम्तीमा १ जना सदस्य रहने ।

९) विविध

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु । धन्यवाद !

आशिमा चालीसे

अध्यक्ष, 

डिबेट नेटवर्क नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *