agm bannar
AGMNotice

डिबेट नेटवर्क नेपालको नवौं वार्षिक साधारण सभा सम्बन्धी सुचना / NOTICE – 9TH DNN AGM [संशोधन सहित]

डिबेट नेटवर्क नेपालको नवौं वार्षिक साधारण सभा सम्बन्धी सुचना [संशोधन सहित]

प्रकाशित मिति: २०८० पौष ४

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०८० मङ्सीर ३० गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको नवौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०८० पुष २८ शनिबार (२०२४ जनावरी १३)
समय: दिउसो ३ देखि ५ बजेसम्म* (GMT +5:45)
स्थान: किंग्स कलेज, बिजुलीबजार, काठमाडौं* (अनलाईन विकल्प सहित)

छलफलका विषयहरु:

अ) सामान्य प्रस्ताब:
१) आर्थिक बर्ष २०७९-८० को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७९-८० को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०८०-८१ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक Anjan Nepal and Associates पुनः नियुक्तिका लागि योग्य रहेको)
४) निर्वाचन सम्बन्धमा

आ) विषेश प्रस्ताब:

५) संस्थाको vision, mission, values र thematic areas लाई समिक्षा गर्दै समयसापेक्ष बनाउने
६) विविध

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद !

शशांक जोशी
अध्यक्ष
डिबेट नेटवर्क नेपाल

*२०८० पाैष १९ मा अद्यावधिक गरिएको