DNN SGM
AGMNoticeUncategorized

डिबेट नेटवर्क नेपालको विशेष साधारण सभा सम्बन्धी सुचना 

डिबेट नेटवर्क नेपालको विशेष साधारण सभा सम्बन्धी सुचना 

प्रकाशित मिति: २०८१ श्रावण २६

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०८१ श्रावण २३ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको विशेष साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०८१ भाद्र ९ गते आइतबार (२०२४ अगस्ट २५)
समय: बेलुका ४ देखि ६:३० बजेसम्म (GMT +5:45)
स्थान: किंग्स कलेज, बिजुलीबजार, काठमाडौं (अनलाईन विकल्प सहित)

छलफलका विषयहरु:

१) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०८०-८१ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।

२) साधारण सदस्यताका निमित्त न्युनतम उमेर १८ वर्ष कायम गर्ने र सदस्यतालाई थप समावेशी बनाउने बारे ।

३) संचालक समितीमा हाल ९ सदस्य कायम रहेकामा सो संख्यालाई ११ कायम गर्दै थप परिमार्जन गर्ने बारे ।

४) संस्थामा आवद्ध डिबेट क्लबहरुको संस्थागत सदस्यता तथा निर्णय प्रकृयामा सहभागीता बारे ।

५) विविध

सधन्यवाद !

शशांक जोशी
अध्यक्ष
डिबेट नेटवर्क नेपाल