DNN 2018 General Members
AGM

डिबेट नेटवर्क नेपालको चौथो बार्षिक साधारण सभाबारे सूचना

 

प्रकाशित मिति: २०७५ मंसिर १८

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७५ मंसिर १७ गते बसेको संचालक समितिको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको चौथो बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

  • मिति: २०७५ पौष १४ गते (२०१८ डिसेम्बर २९ तारिक) शनिबार
  • समय: बिहान ७ देखि ९ बजे सम्म
  • स्थान: के एम सी, बालकुमारी, ललितपुर

छलफलका बिषयहरु:

अ) सामान्य प्रस्ताब

१) आर्थिक बर्ष २०७४-७५ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७४-७५ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७५-७६को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।(वर्तमान लेखापरिक्षक योगेन्द्र मान सिंह बस्नेत पुनः नियुक्तिका लागि योग्य रहेको)
४) निर्वाचन सम्बन्धमा
५) विविध

यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु साथै असुबिधा भएको खण्डमा कानुनसम्मत अनलाईन मार्फत समेत सहभागी गराउन प्रयास गरिने जानकारी दिलाउँदछु ।

सधन्यवाद!

राज खरेल
अध्यक्ष
डिबेट नेटवर्क नेपाल

Notice

तेश्रो बार्षिक साधारण सभाबारे सूचना (Notice: DNN’s 3rd AGM)

डिबेट नेटवर्क नेपालको तेश्रो बार्षिक साधारण सभाबारे सूचना

 

प्रकाशित मिति: २०७४ मंसिर १८

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७४ मंसिर १० गते बसेको संचालक समितिको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको तेश्रो बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०७४ पौष १० गते (२०१७ डिसेम्बर २५ तारिक) सोमबार
समय: बिहान ८ देखि १० बजे सम्म
स्थान: के एम सी, बालकुमारी, ललितपुर

छलफलका बिषयहरु:
अ) सामान्य प्रस्ताब
१) आर्थिक बर्ष २०७३-७४ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७३-७४ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७४-७५ को लेखापरीक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने (हालका बहालवाला लेखापरिक्षक श्री त्रिबिक्रम पौडेल पुनः नियुक्ति को लागि योग्य नरहनु भएको) ।
४) निर्वाचन सम्बन्धमा ।
५) विविध ।

यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु साथै असुबिधा भएको खण्डमा कानुनसम्मत अनलाईन मार्फत समेत सहभागी गराउन प्रयास गरिने जानकारी दिलाउँदछु ।

सधन्यवाद!

प्रदिप घिमिरे
अध्यक्ष
डिबेट नेटवर्क नेपाल