about
AGMNotice

डिबेट नेटवर्क नेपालको आठौं वार्षिक साधारण सभा सम्बन्धी सुचना / Notice – 8th DNN AGM [संशोधन सहित]

डिबेट नेटवर्क नेपालको आठौं वार्षिक साधारण सभा सम्बन्धी सुचना

प्रकाशित मिति: २०७९ मङ्सीर १५

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७९ मङ्सीर १५ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको आठौं वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति*: २०७९ पुष ९ शनिबार (२०२२ डिसेम्बर २४)
समय: बिहान ९ देखि ११ बजेसम्म (GMT +5:45)
स्थान (संशोधित*): काठमाडौं मोडल कलेज केएमसी बागबजार काठमाडौं (अनलाईन विकल्प सहित)

छलफलका विषयहरु:
अ) सामान्य प्रस्ताब:
१) आर्थिक बर्ष २०७८/७९ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक पुनः नियुक्तिका लागि योग्य रहेको)
४) निर्वाचन सम्बन्धमा
५) संस्थाको मुख्य कार्यकारी पदहरु (अध्यक्ष, उपाध्यक्ष तथा प्रबन्ध सन्चालक/कार्यकारी निर्देशक) मा न्यूनतम एक तिहाइ महिला / लैङ्गिक अल्पसंख्यकको उपस्थिति हुने सम्बन्धमा
७) महिला र लैङ्गिक अल्पसंख्यक सदस्यहरुप्रति जवाफदेही रहने र उनीहरुको निरन्तर सहभागितालाई प्रवर्द्धन गर्ने हेतुले प्रत्येक छ महिनामा अध्यक्षले संचालक समितीको तर्फबाट साधारण सदस्यहरुको सभा आयोजना गर्नु पर्ने सम्बन्धमा
८) विविध (संशोधित*): संचालक समितीको सदस्यताका निमित्त कम्तिमा १८ वर्षको उमेर पुगेको हुनुपर्ने सम्बन्धमा

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद !

सौगात पोखरेल
अध्यक्ष
डिबेट नेटवर्क नेपाल

 

*संशोधित मिति: २०७९ पौष २