DNN Logo

प्रकाशित मिति: २०७८ मंसिर ६

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७८ मंसिर ३ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको सातौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०७८ पुष ३ शनिबार (२०२१ डिसेम्बर १८) 

समय: बिहान ८:३०-११:००* (GMT +5:45)

स्थान: केएमसी कलेज बागबजार काठमाडौं* 

*१२ डिसेम्बर २०२१को संचालक समितीको निर्णय अनुसार समय र स्थान संशोधित गरिएको

छलफलका विषयहरु:

अ) सामान्य प्रस्ताब

१) आर्थिक बर्ष २०७७-७८ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७७-७८ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने।

३) आर्थिक बर्ष २०७८-७९ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । 

४) साधारण सदस्य निर्वाचन सम्बन्धमा

५) संचालक सदस्य निर्वाचन सम्बन्धमा

६) विविध

 

निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद!

 

सौगात पोखरेल 

अध्यक्ष

डिबेट नेटवर्क नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *