प्रकाशित मिति: २०७६ पौष ६

आदरणीय संचालक तथा सदस्य महानुभावहरु,

डिबेट नेटवर्क नेपालको मिति २०७६ पौष ६ गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको पाँचौ बार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

सभा हुने मिति, समय तथा स्थान:

मिति: २०७६ पौष २६ गते (२०२० जनावरी ११ तारिक) शनिबार
समय: बिहान ११ देखि दिउसो १ बजे सम्म
स्थान: किङ्ग्स कलेज, बिजुलीबजार, काठमाडौं (२०७६ पौष १९ को संचालक समितिको बैठकले सहजताका लागि गरेेको निर्णय अनुुसार)

छलफलका बिषयहरु:

अ) सामान्य प्रस्ताब

१) आर्थिक बर्ष २०७५-७६ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७५-७६ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७६-७७को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक योगेन्द्र मान सिंह बस्नेत पुनः नियुक्तिका लागि योग्य नरहेको)
४) निर्वाचन सम्बन्धमा
५) विविध

उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । साथै अनलाईन मार्फत समग्र सहभागीता पनि जनाउन सकिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।

सधन्यवाद!

पवन अधिकारी
अध्यक्ष
डिबेट नेटवर्क नेपाल