डिबेट नेटवर्क नेपालको छैठौँ वार्षिक साधारण सभा सम्बन्धी सुचना [संशोधित]
प्रकाशित मिति: २०७७ भाद्र २७
आदरणीय संचालक तथा सदस्य महानुभावहरु,
डिबेट नेटवर्क नेपालको मिति २०७७ भाद्र २० गते संचालक समितिले गरेको निर्णय अनुसार यस मुनाफा बितरण नगर्ने कम्पनीको छैठौँ वार्षिक साधारण सभा निम्न लिखित मिति, स्थान र समयमा निम्नलिखित प्रस्ताबहरु उपर छलफल गर्ने गरी बस्ने भएकोले यहाँहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
सभा हुने मिति, समय तथा स्थान:
मिति*: २०७७ कार्तिक १ शनिबार (२०२० अक्टोबर १७) [*पूर्वनिर्धारित मिति २०७७ असोज १७ गतेसम्म आवश्यक प्राविधिक तयारी पूरा नहुने भएकोले २०७७ असोज ९ गतेको संंचालक समितिको निर्णयले संशोधन गरेको]
समय: बेलुकी ५ देखि ६ बजेसम्म (GMT +5:45)
स्थान: Zoom (भर्च्युअल बैठक – लिन्क ईमेल मार्फत प्रदान गरिने)
छलफलका विषयहरु:
अ) सामान्य प्रस्ताब
१) आर्थिक बर्ष २०७६-७७ को संचालक समितिको बार्षिक प्रतिबेदन उपर छलफल गरि पारित गर्ने ।
२) लेखापरिक्षकको प्रतिबेदन सहितको आर्थिक बर्ष २०७६-७७ को बार्षिक वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३) आर्थिक बर्ष २०७७-७८ को लागि लेखापरीक्षण गर्नका लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने । (वर्तमान लेखापरिक्षक बिष्णु दत्त जोशी पुनः नियुक्तिका लागि योग्य रहेको)
४) निर्वाचन सम्बन्धमा
५) साधारण सदस्यहरुको संख्या २७ मा ९ थप गरी ३६ पुर्याउने र पारित भएमा यसै निर्वाचनमा लागु गर्ने
६) नयाँ कार्यकाल सुरु भएको २ महिना भित्र साधारण सदस्यको लागि संचालक समितिले प्रशिक्षण कार्यक्रम राख्नु पर्ने र उनीहरु सहितको सहभागितामा वार्षिक कार्ययोजना निर्माण गर्नु पर्ने सम्बन्धमा
७) सदस्यहरुप्रति जवाफदेही रहने र उनीहरुको निरन्तर सहभागितालाई प्रबर्धन गर्ने हेतुले प्रत्येक तीन महिनामा अध्यक्षले संचालक समितीको तर्फबाट साधारण सदस्यहरुको बैठक आयोजना गर्नु पर्ने र गएको ३ महिनाको प्रतिवेदन र आगामी ३ महिनाको योजना पेश गरी उनीहरुको सल्लाह सुझाब ग्रहण गर्ने सम्बन्धमा
८) बिभिन्न शैक्षिक संस्थाहरुमा रहेका डिबेट क्लबहरु सँग यस संस्थाको र ति क्लबहरुबिचको आपसी सहकार्य र सहयोगको वातावरण निर्माण गर्नको निमित्त तिनका प्रतिनिधिहरुको सदस्यता रहने गरी समिती निर्माण गर्ने सम्बन्धमा
९) कुनै एक संचालकको संयोजकत्वमा साधारण सदस्यहरु सम्मिलित Equity Committee गठन गर्ने र संस्थागत Equity Policy प्रकाशन गरी लागु गर्ने सम्बन्धमा
१०) संस्थाले आफ्ना हरेक संरचना र कार्यक्रमलाई लिंग एवं शैक्षिक संस्था र तहजस्ता आधारमा समावेशी बनाउने नीति लिने सम्बन्धमा
११) विविध
निर्वाचनमा उम्मेदवारीको लागि सभाको १ हप्ता अगाडि फारम खोलिनेछ तथा मतदान अनलाईन माध्यमबाट सभाको ३ दिन अघि खुला गरिनेछ । तसर्थ यहाँहरुको महत्वपुर्ण सहभागिताको निमित्त आव्हान गर्दछु ।
सधन्यवाद!
मनिष कंडेल
अध्यक्ष
डिबेट नेटवर्क नेपाल